दार्चुलामा पनि मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

दार्चुला । दार्चुलामा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरि दार्चुलामा पनि मनाइएको हो । राप्रपा जिल्ला अध्यक्ष इन्द्रा बोहरा, उपाध्यक्ष चक्रबहादुर बम, उपाध्यक्ष कृष्णबहादुर कुवँर, प्रवक्ता नरेन्द्र धामी, क्षेत्रिय अध्यक्ष जयसिंह धामी र कल्यानसिंह धामी, राष्टिय जनमोर्चा जिल्ला अध्यक्ष मनबिर दमाइ र नेसनल पिपुल्स पार्टीका अध्यक्ष धर्मसिंह दयाली लगायतको आतिथ्यतामा भव्यताका साथ पृथ्वी जयन्ती मनाइएको राप्रपा जिल्ला उपाध्यक्ष चक्र बमले जानकारी दिनुभयो ।

दिवसको अवसरमा बाजागाजासहित खलंगा बजार परिक्रमा गरिएको थियो । रिङनतालमा पृथ्वी चोक नामाकरण गरिएको र पृथ्वी नारायण शाहको तस्बिरमा फूलमाला टीका सहित माल्यार्पण गरेर पृथ्वी जयन्ती मनाइएको उहाँले बताउनुभयो । देश र जनताका खातिर उहाँले पुर्याएको योगदानको स्मरण गरेर जन्म जयन्ती मनाइएको राप्रपा दार्चुलाले जनाएको छ ।

यसैबिच लेकम गाउँपालिका वडा नम्बर ६ मेल्लाउ घर भएका ८७ बर्षीय जेष्ठ नागरिक तथा साबिक रिठाचौपाता पन्चायतका पूर्वपधानपन्च ज्ञानदेब मिश्रले राष्ट्रिय एकता दिवस तथा पृथ्बी जयन्ती मनाउनुभएको छ । पृथ्बीनारायण शाहको फोटोमा फुल, अक्षताले पुजनगरी अबिरको टिका लगाउदै माल्यार्पण गर्दै बिभिन्न देशभक्ती श्लोक र गीत गाउदै श्रदाका साथ राष्ट एकिकरणकर्ता पृथ्बीनारायण शाह प्रति श्रद्दान्जली ब्यक्त गर्दै सम्मानका साथ पृथ्बी जयन्ती मनाइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा आज भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गरेको थियो । राप्रपा, नेश्नलिस्ट पिपुल्स पार्टी र राष्ट्रिय जनमोर्चाले दार्चुलामा पनि संयुक्त रूपमा पृथ्वीजयन्ती मनाएको राप्रपा दार्चुलाका नेता अमर पुरुषले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?