सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै

दार्चुला । सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।

बिहीबार दिउँसो १ बजे हुने सभामुख निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिएको थियो । जसअनुसार नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र) का भीम भण्डारीले सभामुखमा उम्मेदवारी दिएका छन् ।

भण्डारीलाई एमाले, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन रहेको छ भने रावललाई नेकपा एकीकृत समाजवादीको साथ रहेको छ ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली काग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ती पार्टीका ७, नेकपा (एकीकृत समाजवादीं का ४ तथा राप्रपा र स्वतन्त्रका एक एक जना सासंद छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?