मुख्यमन्त्री रावलसँगै दुई मन्त्रीले लिए सपथ

दार्चुला । मुख्यमन्त्रीसँगै प्रदेशसभाका दुई मन्त्रीले सपथ खाएका छन् । बिहीबार साँझ मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशप्रमुख देवराज जोशीबाट सपथ ग्रहण गरेसँगै दुई प्रदेशमन्त्रीलाई पनि सपथ ग्रहण गराएका हुन् ।

मन्त्री बन्नेमा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र नेकपा एमालेकी सन्तोष कुमारी थापा शर्मा छिन् । दुबैजना विना विभागीय मन्त्री बनेका हुन् ।

भट्टलाई चुनावअघि मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो । तर केन्द्रमा एमाले र माओवादीको समिकरण बनेसँगै प्रदेश सरकार आधाआधी चलाउने सहमति भएको छ ।

उक्त सहमति अनुसार अहिले एमालेका रावल मुख्यमन्त्री बनेपनि दोस्रो कार्यकालमा भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?