दार्चुला। सुदूरपश्चिम प्रदेश सभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
मंगलबार बिहान १० बजे बस्ने गरी बैठक स्थगित गरिएको प्रदेश सभा सदस्य नरेशकुमार शाहीले बताउनुभएको हो । बैठक स्थगित भएपछि सभामुखको निर्वाचन पनि मंगलबार बिहान १० बजे हुने भएको छ ।
सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सोमबार राष्ट्रिय शोक परेकाले प्रदेश सभा बैठक नबसेको हो । राष्ट्रिय झण्डा झुकाउने समयमा बैठक बस्नु हुन्न भन्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमविक्रम भाटले जानकारी दिनुभयो ।
लगातार दुई पटक भएको निर्वाचनमा पनि सभामुख चयन हुन नसकेपछि सोमबार तेस्रो पटक सभामुख चयनका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया