मन्त्रालयको भागवण्डा टुङ्गियो, एमालेले ८ वटा मन्त्रालय पाउने

दार्चुला । सात दलीय सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा लगभग टुंगिएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ ।

स्रोतका अनुसार सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ ।

त्यस्तै नेकपा एमालेले ८ वटा मन्त्रालय पाउने गरी खाका बनेको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ ।

राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ ।

जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी  (लोसपा)लाई एकरएक मन्त्रालय छुट्याइएको छ ।

उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?