सुदूरपश्चिम प्रदेशको उपसभामुखमा कोइलीदेवी चौधरी निर्वाचित

दार्चुला । सुदूरपश्चिम प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन्।

कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य चौधरी उपसभामुखमा चयन भएकी हुन्।

माओवादीकी लक्ष्मी बिकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी हुन्। प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो।

चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन्।

यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य माया पन्तलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो। पन्तको पक्षमा २४ र विपक्षमा २८ मत खसेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?