दार्चुलाको हिमाली क्षेत्रमा हिमपात, चिसोले जनजीवन प्रभावित

दार्चुला । दार्चुलामा बिहीबारदेखि हिमपात भएको छ। व्याँस र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागमा हिमपात हुँदा चिसो बढेको छ। बिहीबार बिहानैबाट मौसममा बदली भएर हिमपात सुरु भएको अपिहिमाल गाउँपालिकाका स्थानीय पार्वती बोहराले बताउनुभयो । मौसम बदली हुँदा जिल्लाभर चिसो बढेको छ।

पहाडी क्षेत्रमा भने हिउँदे वर्षा र हिमपात नहुँदा किसान चिन्तित बनेका छन्। खेतमा लगाएको हिउँदे अन्नबाली पानीको अभावमा सुक्न थालेको लेकम गाउँपालिका–५ का स्थानीय शम्भुराज जोशीले बताउनुभयो । सिंचाइको सुविधा नपुगेको ठाउँमा लगाएका गहुँ, जौँ लगायत हिउँदे बाली सुकेर पहेलपुर भएका छन्। केही दिनयता घाम पनि नलागेपछि चिसोले जिल्लाभरीको जनजीवन प्रभावित भएको छ।

वर्षभरी बजारबाट किनेर खाद्यान्नको जोहो गर्न नसक्ने परिवारका सदस्यले भोकमरी हुने चिन्ता व्यक्त गरिरहेका छन्। ‘सिंचाई सुविधा नपुगेको ठाउँमा त हरियाली देख्नै मुस्किल छ’, उहाले भन्नुभयो, ‘आशिंक सिंचाई सुविधा पुगेका खेतमा समेत वर्षा नहुँदा खोलाको पानी सुकेर बाली सप्रिन पाएको छैन्। बर्खामा मकैबाली राम्रै फल्ने भए पनि सिंचाई अभावमा हिउँदे बाली सुक्ने गरेको स्थानीय जनक जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?