दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा दालबालीमा बजार प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक बर्ष २०७९÷८० को नौगाड गाउँपालिका, कृषि तथा पसुपन्छी बिकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत दालबालीमा बजार प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत ढुवानी, ब्रान्डिङ, प्याकेजिङ र अन्य साधनमा अनुदान रकम बिनियोजित गरिएको नौगाड गाउँपालिका कृषि तथा पशुपन्छी विकाश शाखा अधिकृत प्रकाश सिह धामीले जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालनको लागि आबश्यक पर्ने दाल तौल्ने काटा मेसिन, बोरा र गाउँपालिकाका टाढाटाढा गाउँबाट ढुवानी गरेबाफत ढुवानीमा अनुदान उपलब्ध गरिएको उहाँले बताउनुभयो । स्थानीय दालबालिको प्रवद्र्धन गर्न र बजारको सुनिश्चित गर्नको लागि यो कार्यक्रम सन्चालन गरिएको गाउँपालिकाले जनाएको छ । हाम्रो गाउठाउँमा धेरै थरीका दालबाली उत्पादन हुन्छन, तर तिनको बजारिकरणको अभाव र ढुवानी समस्याको कारणले सम्बन्धित बजार सम्म पुग्न नसक्ने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिनुभयो । बजारमा पाइने दालमा भन्दा गाउँघरको स्थानीय दालबालीमा पौष्टिक तत्वको हिसाबले, स्वास्थको हिसाबले र भण्डारणको हिसाबले गुणस्तर र फाइदाजनक रहेको बताइएको छ ।
रसायनिक बिशादी नमिसाएको र रोग किरा कम लागेको कारणले पनि अहिले मानिसको स्थानीय दालबालिमा रुचि बढेको कृषि तथा पशुपन्छि विकास शाखा अधिकृत धामीले बताउनुभयो । दालबाली भनेको प्रोटिनको राम्रो श्रोत हो, उहाँले भन्नुभयो, दालबालिको उपयोगबाट शरीरमा शक्ति प्रदान गर्न, रोगसङ्ग लड्ने क्षमता प्रदान गर्न र बालबच्चामा दिमागको बिकास गर्न सहयोग गर्दछ । गर्बवती, शुत्केरी महिलाहरुलाई दालको झोल अति नै महत्वपूर्ण हुन्छ ।
सबै माझ सजिलै दालबालिको पहुच पुर्याउनको लागि यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । चालु आर्थिक बर्षमा नौगाड–६ स्थित समैजी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नौगाड–२ स्थित जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गरि दुई वटा सहकारीहरुलाई कार्यक्रम कार्यान्वयनको जिम्मा दिइएको छ । स्थानीय स्तरमा पाइने अर्गानिक उत्पादनको प्रयोगको लागि नौगाड गाउँपालिकाले सबैलाई अह्वान गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया