दार्चुलाको चौलानी नदी किनारमा महिलाको शव फेला

दार्चुला । दार्चुलाको गोकुलेश्वरस्थित चौलानी नदी किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा चौलानी नदीको किनारमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वबाट प्रहरी निरिक्षक विरेन्द्र सिंह थापा नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । नगरपालिका कार्यालयको पछाडी नदी किनारमा शव फेला परेको र पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

शव नदीमा बग्दै आएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

तस्बिरः स्थानीय सुरेश बिष्ट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?