दार्चुला । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँएको छ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
दार्चुलाका अधिकासं विद्यालयमा आज औपचारीक कार्यक्रमको आयोजना गरी लक्ष्मीपुजा मनाइएको छ । दिनभरी पुजाआजाका साथै विभिन्न अतिरिक्त क्रियाकलापको आयोजना गरी लक्ष्मीपुजा मनाइएको शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा रहेको लटिनाथ आबि बारीलका प्रधानाद्यापक सुरेन्द्रबहादुर तितराले जानकारी दिनुभयो ।
लेकमको केन्द्रमा अवस्थित हुनैनाथ माबि रातामाटा लगायत विद्यालयहरुले समेत दिनभरी पुजाआजाका साथै औपचारीक कार्यक्रमको आयोजना गरी श्रीपञ्चमी अर्थात अक्ष्मीपुजा मनाएको बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया