दार्चुलाको व्याँसका पूर्व वडा सदस्य रामदत्त भट्ट सडकमा मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ का पूर्व वडा सदस्य रामदत्त भट्ट मृत फेला परेका छन् । भट्ट दार्चुला तिंकर सडक छेउको नालीमा व्याँस गाउँपालिकाकै वडा नम्बर ४ क्षेत्रमा बिहीबार (आज) मृत फेला परेका हुन् ।

मृतक भट्टको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइदैछ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?