बैतडीमा शहीद पार्क नजिकै एक पुरुषको शव फेला

दार्चुला । बैतडीमा एकजनाको शव फेला परेको छ । दशरथचन्द नगरपालिका ५ सुन्दरखाली शहीद पार्क नजिकै शव फेला परेको हो । मृत फेला परेको मानिसको कंकालमात्रै बाँकी रहेकाले कसको हो भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो।

स्थानीयबासीहरुले भने त्यँहीका स्थानीय ५५ बर्षीय लक्ष्मण नायकको शव हुन सक्ने आँकलन गरेका छन् । शव फेला परेको ठाउँमा पाइएका लुगा र अन्य सरसमानको आधारमा नायकको शव हुन सक्ने आँकलन गरिएपनि सनाखत हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?