सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावल बुधबार विश्वासको मत लिने तयारीमा

दार्चुला । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार (पर्सी) विश्वासको मत लिने तयारी गरेका छन । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेगरी तयारी थालिएको जानकारी दिनुभयो ।

‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पर्सी विश्वासको मत लिने भन्ने कुरा जानकारीमा आएको छ । हामी त्यहीअनुसार व्यवस्थापनमा लागेका छौँ,’ सभामुख भण्डारीले भन्नुभयो, ‘सोमबार उहाँहरुले आधिकारीक पत्र पठाउने कुरा जानकारीमा आएको छ ।’

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।

सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्दामा अदालती प्रक्रिया अघि बढेपछि मात्र मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय लिने बताउदैख आएको थियो । सर्वोच्च अदालतले आइतबार चौधरीको मुद्दामा दुवै पक्षलाई बोलाउने आदेश गरेपछि नाउपा सकारात्मक बनेको छ ।

नाउपाले सर्वोच्चको फैसलापछि १३ वर्ष अघिको आगजनी मुद्दामा कैलाली २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ गरेको विरोधमा घोषणा गरेका आन्दोलनका कार्यक्रम समेत स्थगीत गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका सुदुरपश्चिम प्रदेश सभा संसदीय दलका नेता रामेश्वर चौधरीले पार्टीका संस्थापक रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतको सकारात्मक निर्णय गरेको बताउनुभयो । उहाले सुदूरपश्चिममा मुख्यमन्त्री रावललाई विश्वासको मत दिने सम्बन्धमा दलको बैठक बसेर निर्णय लिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?