नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने

दार्चुला। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नभएकाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी विश्वासको मत दिन सक्दैनौं, किनभने हाम्रो बटमलाइनलाई प्रदेश सरकारले सुनुवाइ गर्ने कुनै संकेत दिएको छैन ।’

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिँदैछन् ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उहाँले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वतः पदमुक्त हुने संविधानको व्यवस्था छ । तर बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?