दार्चुलाको महाकाली नदीमा बगेका वृद्धको ज्यान गयो

दार्चुला । दार्चुलाको महाकाली नदीमा बगेका वृद्धको ज्यान गएको छ । बुधवार दार्चुलाको खलङ्गा बजार नजिक महकाली नदीमा बगेका ७० वर्षीय वीरसिंह बडालको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाको महाकाली नगरपालिका २ पन्डोरा घर भएका बडाललाई स्थानीयले महाकाली नदीमा बगिरहेको अवस्थामा देखेपछि प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । बुधवार दिउँसो २ बजेतिर सशस्त्र प्रहरीले बडालको उद्धार गरे पनि उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिनुभयो ।

मृतक बडालले जाँड–रक्सी खाएको र शौच गर्न महाकाली नदी किनारमा गएपछि नदीले बगाएको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक गाहामगरले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?