लेकम गाउँपालिकाको तितेकाडा टावरसम्म विद्युत लाइन विस्तार, चार्ज गर्न बाँकी

दार्चुला । लेकम गाउँपालिकाको वडा नम्बर २ कैनोडा तितेकाडामा रहेको नेपाल टेलिकमको टावरसम्म विद्युत लाइन विस्तार गरिएको छ । पछिल्लो समय लेकम गाउँपालिकाका विभिन्न गाउँमा विद्युतिकरणको काम भइरहेको छ । विद्युत अभावमा समस्या झेल्दै आएको तितेकाडा टावरसम्म थ्रि फेजको विद्युत लाइन विस्तार गरिएको र चार्ज हुन बाँकी रहेको निर्माण व्यवसायी मोहनदेब (कुर्या) पन्तले जानकारी दिनुभयो ।

साच्चोरी गाउँसम्म विद्युत कार्यालयको बजेटबाट र राटामाटादेखि तितेकाडा टावरसम्मको झण्डै ६ किलोमिटर मेन (थ्रि फेज) लाइन लेकम गाउँपालिकाको बजेटबाट विस्तार गरिएको उहाँले बताउनुभयो । लाइन पुगेपनि विद्युत लाइनमा चार्ज छोड्न भने बाँकी रहेको छ । लाइन पुगिसकेकोले टेलिकमले मिटर व्यवस्थापन गरेपछि टावरको विद्युत अभावको समस्या समाधान हुने बताइएको छ । विद्युत नहुदा नेटवर्क नभएर लेकमका दर्जनौं गाउँहरुका फोन सेवाबाट बन्चित समुदायसम्म अब केहिदिनमै टेलिकमको सेवा पुग्ने लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीले बताउनुभयो ।

यस्तै लेकम गाउँपालिकाको वडा नम्बर १ कोठारमा २५ केभीको विद्युत ट्रान्सफर्मर पुगेको छ । केही दिन पहिले बण्डोली कोठार गाउँका स्थानीयले बर्षौ पहिले विद्युतिकरण भइसक्नुपर्ने आफ्नो गाउँ नाघेर विद्युत लाइन जान नदिने भन्दै पोल उखेलेर बिरोध गरेका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, वडा नम्बर १ का वडाअध्यक्ष नवराज पन्त लगायतले उक्त गाउँको समस्या बुझेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सोहि प्रतिवद्धता र त्यहाँको समस्याका आधारमा विद्युत ट्रान्सफर्मरको पहल गरिएको अध्यक्ष जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?