दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । माटोमा च्यापिएर मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ भतेडीगाडा बस्ने सुन्दर सिंह धामीकी ३५ वर्षीया श्रीमति कलावती धामीको मृत्यु भएको प्रहरीले बताएको छ ।
घरमा प्रयोग गर्नका लागि माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर धामीको ज्यान गएको बताइएको छ । मृतक धामीका दुई छोरा र एक छोरी रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया