अपिहिमाल गाउँपालिकामा जेष्ठ नागरिकलाई कम्बल वितरण

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ । अपिहिमाल गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार आईतबार अपिहिमाल गाँउपालिका वडा नम्बर ४ मा कम्बल वितरण गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।

अध्यक्ष सँग जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत पहिलो दिन वडा नम्बर ४ का जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको उहाँले बताउनुभयो । जेष्ठ नागरिक समाज खण्डेश्वरीको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाभरिका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको छ ।

वडा नम्बर ४ का सबै जेष्ठ नागरिकहरुलाई आज कम्बल वितरण गरिएको र बाँकी सबै वडामा यो कार्यक्रम सञ्चालन हुने अपिहिमाल गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभरीका सबै जेष्ठ नागरिकलाई कम्बल वितरण गरिने जेष्ठ नागरिक समाजले जनाएको छ ।

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू  र घरबाहिर को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?