शैल्यशिखरमा चितुवा मृत फेला, टाउकोमा गहिरो चोट

दार्चुला । दार्चुलाको शैल्यशिखरमा चितुवा मृत फेला परेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ स्थित कालिपातली र थामुको सिमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको स्थानीय खेमराज जोशीलाई उद्धित गर्दै शंकर जोशीले जानकारी दिनुभयो ।

५ फिट ३ इन्च लम्बाई र २ फिट १ इन्च चौडाई रहेको चितुवा सोमबार मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले पुष्टि गर्नुभयो । चितुवा चितुवाको टाउकोमा गहिरो चोट लागेको जनाइएको छ ।

चितुवा पानी पिउन घट्टेखोलामा आउँदा भिरबाट लडेर मरेको हुन सक्ने अनुमान गरिएको छ । चितुवालाई प्रहरी, सव डिभिजन वन कार्यलयको टोली, जनप्रतिनिधि र स्थानीयको रहोवरमा गोकुलेश्वर अस्थायी प्रहरी पोष्ट नजिक गाडेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?