लाग्यो इजु चैत मैना, दादा काँछ मेरो !
रुँदिहो न्याउली चरी, जिउ झुर्दोहो तेरो !!
काफलकि करौउ दानी, हुन लागी लाल !
फर्किफर्कि आइग्यो इजु, एमास यै साल !!
सोराइले हेर्दोछु मत, दाइका आउन्या बाटो !
इतिछाटो बिरानो भयो, मेरै जनम्या माटो !!
वल्ला घर पल्ला घर, सबै निका छन कि !
लेख्या इजु सम्राइ मानि, बेदना मन कि !!
उहि लेकको ठन्डो पानी, शिर(शिर हावा !
कसि छै उद्भव माता, कसा छन् बाबा !!
गुराँस ढकमक्क होलो, गोरु चरुन्या बन !
रात जाँदोछ दिन जाँदोछ, सम्झि मनैमन !!
पल्ला घर रेबुदाइकि, लिखु पेलाइ होली !
मौजउ कलमा बसी, आइनु बातइ होली !!
लिखु पेल्लो हलगोरु, एकपट्या कलमा !
बाडी बनाइ पठाइ दिया, दोपट्टा सलमा !!
पिसन्या जातरोइ छकि, जान्छौ कित घट्ट !
दिनबार हेरि पठा इजा, मेरदादा लाई झट्ट !
यै पाली रूडीयो सर्क, पानीकि हाहाकार !
घर धन्दा त भौति होली, मिलाइबरी सार !!
गाडाका भिरकी प्याउली, फुलिहोलि डम्म !
निश्वास जन माणे इजु, भेट नभया सम्म !!
<विष्णु जोशी (अँठोला)
शैल्यशिखर न.पा.०७ बोहरिगाँउ हाल शैल्यशिखर न.पा.मा सहायक चौथो पदमा कार्यरत >
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया