साढे तीन किलो चरेससहित दार्चुलाका दुई जना पक्राउ

दार्चुला । साढे तीन किलोग्राम बढी चरेससहित भारतमा दार्चुलाका दुई पक्राउ परेका छन् । उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट दार्चुला महाकाली नगरपालिका–६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका–१ पिपौलचौरीका २६ वर्षीय रवि कुवँरलाई पक्राउ गरेको हो।

प्रहरीले ३ किलो ६८० ग्राम चरेश सहित उनीहरूलाई सोमवार बेलुकी ७ बजे पक्राउ गरेको उत्तराखण्ड प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको छ। बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशङ्का गरिएको छ।

भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ। भारतीय प्रहरीले लागुऔषध नियन्त्रणका लागी बिशेष अभियान नै चलाएर निगरानी पक्राउ गरिहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?