दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कृष्ण धामी निर्वाचित

दार्चुला । दार्चुलाको सबैभन्दा बढी विद्यार्थी संख्या भएको दार्चुला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन बुधबार सम्पन्न भएको छ । ताजा मतपरिणाम अनुसार दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कृष्ण धामी निर्वाचित हुनुभएको छ । खसेको कुल ५०२ मत गणना भइसक्दा अनेरास्ववियुका धामीले २७५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेबिसंघका भानबहादुर पालले २०६ मत प्राप्त गर्नुभएको छ । सभापतिमा स्वतन्त्र उम्मेदवारले १६ मत पाएको छ ।

सचिवमा २५३ मत प्राप्त गर्दै नेबि संघका जवनसिंह डडाल निर्वाचित हुनुभएको छ । अखिल क्रान्तिकारीका धनसिंह धामीले २४० मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा अनेरास्ववियुको २७० र नेबिसंघको २१६ मत प्राप्त भएको छ । दार्चुला बहुमुखी क्याम्पस स्ववियु निर्वाचनका लागि मतदाता ५४६ रहेकोमा प्रत्यक्षतर्फ ५०२ र समानुपातिकतर्फ ५०० मत खसेको थियो ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलको तर्फबाट सभापतिमा कृष्ण धामी, सचिवमा धनसिंह धामी, कोषाध्यक्षमा मनिसा डडाल, सदस्यमा दिपु सिंह महता, सुनिता धामी, हेमा ठगुन्ना, सुनिल कार्की, कामला कार्की, बसन्ती धामी उम्मेदवार थिए । भने नेविसंघको तर्फबाट सभापतिमा भान बहादुर पाल, सचिवमा जवन सिंह डडाल, कोषाध्यक्षमा विजया जोशी, सदस्यहरुमा भीम सिंह ऐरी, पुष्पा महता, दिपक राज भट्ट, रेखा पार्की, राजेन्द्र बोहरा, र रोशन सिंह मन्याल उम्मेदवार थिए ।

दार्चुलामा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए भने नेबि संघ एक्लै प्रतिस्पर्धामा थियो। दार्चुला बहुमुखी क्याम्पसमा सचिवमा नेबिसंघको र सचिवबाहेक सबै पदमा गठबन्धनको विजय भएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका नबिन बिष्ट सभापति रहने गरी सबै संगठनको सहमतिमै स्ववियु चयन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका जिल्लाका चार क्याम्पसमा चैत ५ गते (आइतवार) स्ववियु निर्वाचन सम्पन्न भएको छ । जसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानलले तीन र नेविसंघले एक स्थानमा विजय हासिल गरेको छ । अनेरास्ववियूको तर्फबाट शंकरपुर क्याम्पस पस्तीको स्ववियु सभापतिमा कविता अवस्थी र कृष्ण स्नातक क्याम्पस लालीमा हेमन्ती जोशी विजयी भएका छन् । यस्तै अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट लटिनाथ क्याम्पस मार्माको सभापतिमा जगदीश कोट्टारी विजय भएका छन् । संयुक्त प्यानल सँग स्ववियु निर्वाचन लडेको नेविसंघले राष्ट्रिय क्याम्पस दत्तुमा विजय गर्यो । त्यहाँ सरोज ग्वाईलाले स्ववियु सभापतिमा विजय हासिल गरे । त्रिभुवन विश्वविद्यालय अन्तर्गतकै अपीनाम्पा क्याम्पस हुतीमा भने निर्वाचन स्थगित छ ।

रेडियो लोकदर्पणलाई प्राप्त अनौपचारिक मतपरिणाम हेर्नुहोस
अनेरास्ववियु अध्यक्ष :-२७५ नेबि संघ अध्यक्ष :-२०६ स्वतन्त्र अध्यक्ष :-१६ नेबि संघ सचिब :- २५४ अखिल क्रान्तिकारी सचिब :-२४० नेबि संघ कोषाध्यक्ष :-२१६ अनेरास्ववियु कोषाध्यक्ष :-२७० सदस्यहरु नेबि संघ भीम:-२२६ पुस्पा:-२१५ दिपक :-२२३ रेखा:-२१२ गजेन्द्र :-२२३ रोशन:-२२३ सदस्यहरु सयुक्त दिपु:-२६३ सुनिता:-२७३ हेमा:-२६३ सुनिल:-२६८ कमला:-२६० बसन्ती:-२६०

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?