दार्चुलाका छ क्याम्पसमा स्ववियुः तीनमा अखिल, दुईमा क्रान्तिकारी र एकमा नेबिसंघको नेतृत्व

दार्चुला । दार्चुलाका सातमध्ये छ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन चयन भएको छ । स्ववियु चयन भइसकेका छ मध्ये तीन वटा क्याम्पसको सभापतिमा एमाले निकट अनेरास्ववियु, दुई वटा क्याम्पसको सभापतिमा माओबादी निकट अखिल क्रान्तिकारी र एउटा क्याम्पसको स्ववियु सभापतिमा कांग्रेश निकट नेबिसंघको जित भएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका नबिन बिष्ट सभापति रहने गरी सबै संगठनको सहमतिमै स्ववियु चयन गरिएको छ । गोकुलेश्वर क्याम्पसमा अनेरास्ववियुका ज्ञानेन्द्र गोयला सचिव र नेबिसंघका जगदिश बिष्ट कोषध्यक्ष चयन हुनुभएको छ ।

दार्चुलाको सबैभन्दा बढी विद्यार्थी संख्या भएको सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको दार्चुला बहुमुखी क्याम्पसमा बुधबार निर्वाचनमार्फत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन गरिएको छ । दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कृष्ण धामी निर्वाचित हुनुभएको छ । सचिवमा नेबि संघका जवनसिंह डडाल र कोषाध्यक्षमा अनेरास्ववियुका मनिसा डडाल चयन हुनुभएको छ । दार्चुलामा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए भने नेबिसंघ एक्लै प्रतिस्पर्धामा थियो । दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सचिवमा नेबिसंघको र सचिवबाहेक सबै पदमा गठबन्धनको विजय भएको निर्वाचन अधिकृत धाना धामीले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पाँच क्याम्पसमध्ये चार क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ । जसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानलले तीन र नेविसंघले एक क्याम्पसमा विजय हासिल गरेको छ । अनेरास्ववियूको तर्फबाट शंकरपुर क्याम्पस पस्तीको स्ववियु सभापतिमा कविता अवस्थी र कृष्ण स्नातक क्याम्पस लालीमा हेमन्ती जोशी विजयी हुनुभएको छ । अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट लटिनाथ क्याम्पस मार्माको सभापतिमा जगदीश कोट्टारी विजय हुनुभएको छ । राष्ट्रिय क्याम्पस दत्तुमा नेबिसंघका सरोज ग्वाईला स्ववियु सभापतिमा विजयी हुनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतकै अपीनाम्पा क्याम्पस हुतीमा भने निर्वाचन स्थगित छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?