दार्चुलामा १०२ जना सहित देशभर ६०१३ शिक्षकका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

दार्चुला । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अर्थात दरखास्त आह्वान गरेको छ । सामुदायिक विद्यालयको प्राथमिक तहका लागि दार्चुलामा १०२ जना सहित देशभर ६ हजार १३ शिक्षकका लागि दरखास्त आह्वान गरिएको हो ।

दार्चुला जिल्लामा खुलातर्फ ३६ जना, महिलातर्फ १४ जना, दलित महिलातर्फ एक जना, आदिवासी जनजातीतर्फ २० जना, मधेशीतर्फ २० जना, दलिततर्फ आठ जना, अपांगतातर्फ दुई जना, पिछडिएको क्षेत्रतर्फ एक जना गरी कुल १०२ जनाका लागि प्राबि शिक्षक पदमा दरखास्त आह्वान गरिएको शिक्षक सेवाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

सामान्य लिखित परीक्षा २०८० साल जेठ २० गते अपरान्ह १ बजे हुने र सामान्य परीक्षाको नतिजा प्रकाशित भएपछि विषयगत लिखित परीक्षाको मिति तोकिने र लिखित परीक्षाको नतिजा आइसकेपछि अन्तरवार्ताको मिति, समय र स्थान तय हुने आयोगले जनाएको छ । वैशाख ८ गतेसम्म दरखास्त दिन सकिने र वैशाख १५ गतेसम्म दोब्बर दस्तुर बुझाएर दरखास्त दिन सकिनेछ । दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पुरा भइ ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

शिक्षकसेवा आयोगको विज्ञापन हेर्नुहोस

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

सायद पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?