लेकममा शिक्षक कृष्ण गिरीको विदाइ

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा शिक्षक कृष्ण गिरीको विदाइ गरिएको छ । लेकम-३ स्थित कृष्ण माबि लालीमा कार्यरत शिक्षक गिरी यहि चैत २० गतेदेखि अनिवार्य अवकास प्राप्त गर्न लागेको अवसरमा लेकम गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाले प्रमाणपत्रसहित सम्मान गर्दै विदाइ गरेको शिक्षा अधिकृत केशवराज ओझाले जानकारी दिनुभयो ।

पछिल्लो समय लेकम गाउँपालिका शिक्षा शाखाले अवकाशप्राप्त सबै शिक्षकको विदाइ गर्ने गरेको उहाँले बताउनुभयो । कृष्ण माबि लालीमा कार्यरत प्रावि द्वितीय श्रेणीमा कार्यरत शिक्षक गिरी २०४४ सालदेखि शिक्षण पेसामा रहेको बताइएको छ । उहाँले विभिन्न विध्यालयमा शिक्षण सेवा गर्दै ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाशप्राप्त गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?