दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका-६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।बिहीबार बिहान १० बजेतिर बडुगाउँको पुल छेउमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।
प्रहरीका अनुसार शवको पहिचान भने हुन सकेको छैन । उक्त शव महाकाली नदीमा बगेर आएको हुन सक्ने आशङ्का गरिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय हुतिबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया