दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ र २ को चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मार्मा गाउँपालिकाको आयोजना तथा गतिशील नेपाल ब्यक्तित्व विकासको सहजीकरणमा सार्बजनिक सुनुवाइ सम्पन्न भएको हो ।
आइतबार (आज) दुबै वडापालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो र दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरिएको सहजकर्ता दुर्गादत्त मिश्रले जानकारी दिनुभयो । वडा नम्बर १ ले १८४ जना गैर दलित जेष्ठ नागरीक, ११ जना दलित जेष्ठ नागरिक, ८ जना पूर्ण अपाङ्ग, १५ जना आशिंक अपागं, १८ विधुवा महिला, ३५ जना एकल महिला तथा ४४ बालवालिकालाई बाल संरक्षण अनुदानतर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा सचीव गौर सिह महरले जानकारी दिनुभयो । पहिलो र दोस्रो चौमासिकको अवधिमा १३७ जनाको जन्मदर्ता, १७ जनाको मृत्यु दर्ता, ३० जोडीको विवाह दर्ता र ३७ जनाले बसाइँसराइ गरेको जनाइएको छ । वडापालिकाले चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकको अवधिमा १ लाख ३९ हजार ४ सय ८६ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । वडा अध्यक्ष कालू सिह ठगुन्नाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा १ जनाले प्रश्न राख्नु भएको थियोे ।
त्यस्तै वडा नम्बर २ अन्तर्गत १ सय ५३ जना गैर दलित जेष्ठ नागरीक, १२ जना दलित जेष्ठ नागरिक, ४ जना पूर्ण अपाङ्ग, ९ जना आशिंक अपागं, १३ विधुवा महिला, १६ जना एकल महिला तथा ३७ बालवालिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा सचीव अमर सिह कोट्टारीले जानकारी दिनुभयो । पहिलो र दोस्रो चौमासिकको अवधिमा १६१ जनाको जन्मदर्ता, २२ जनाको मृत्यु दर्ता, ३४ जोडीको विवाह दर्ता गरिएको जनाइएको छ । वडापालिकाले चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिक अवधिमा ८६ हजार १ सय ७१ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । वडा नम्बर २ को सार्वजनिक सुनुवाई कार्यक्रम वडाअध्यक्ष अमर बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडापालिकाका जनप्रतिनिधि, कार्यालयका कर्मचारी, सरोकारवाला निकाय लगायत ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ३ जनाले सल्लाह सुझाव र प्रतिक्रिया राखेका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया