दार्चुला । नेकपा एमालेले ‘मिसन ग्रासरुट’अभियानको समीक्षा गरेको छ । दार्चुलामा मंगलबार बसेको जिल्ला कमिटि बैठकले अभियानको समीक्षा गरेको एमाले प्रदेश कमिटी सचिवालय सदस्य हरदेब जोशीले जानकारी दिनुभयो । नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा बसेको जिल्लास्तरीय समिक्षा बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य पुरन दयाल, कृपा राना, प्रदेश कमिटी सदस्यहरु, जिल्लाकमिटी पदाधिकारी एबं सदस्य, निर्वाचित जनप्रतिनिधि, जनबर्गिय संगठनका प्रमुखहरु लगायतको आतिथ्यता रहेको छ ।
बैठकमा दार्चुला जिल्लाका नौँ वटै स्थानीय तहमा सम्पन्न भएको ‘मिसन ग्रासरुट’अभियानको समीक्षा गरिएको उहाँले बताउनुभयो । यसअघि पालिकाहरुमा पालिकास्तरीय समिक्षा भइसकेको र आज जिल्लास्तरीय समिक्षा आयोजना गरिएको एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । अभियानका दौरान देखिएका बिषयवस्तुका बारेमा बैठकमा छलफल भएको नेताहरुले बताएका छन् ।
बैठकले नेताहरुले आफ्नो जिम्मेवारी अनुसार पार्टी संगठन सुदृढीकरणको कामलाई जारी राख्नुपर्ने निर्णय गरेको बताइएको छ । संगठन सुद्धिकरण र सुदृढिकरण अभियान अन्तरगत एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया