आठ वर्ष लगाएर धुलिगडामा मोटरेबल पुल निर्माण सम्पन्न, नौगाडको खेडासम्म बस र ट्रक सञ्चालन

दार्चुला । नौगाड गाउँपालिकाको प्रवेशद्वार ६ नम्बर वडाको धुलिगडामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

बिगत आठ बर्ष देखि निर्माणाधीन मोटरेबल पूलको निर्माण कार्य सम्पन्न भै लोड टेस्ट समेत सम्पन्न भएर ट्रक, बस जस्ता भारी सवारी साधनहरू आवतजावत गर्न अनुमति प्राप्त भएको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अब नौगाड गाउँपालिकाको खेडा सम्म नियमित रूपमा बस सेवा संचालन हुनुका साथै समानका ट्रकहरू सजिलोसँग पुग्ने भएका छन् । कपडे भीड, सौकेबगड भीड, गोगने यताको पहिरो भएको स्थानमा पक्की वाल लगाउने काम भइरहेकोले आउदो असार सम्ममा होपरीगाड र गोगने सम्म बससेवा र भारी ट्रकहरू संचालनमा आउने उहाँले बताउनुभयो ।

विगतमा पटकपटक म्याद थप गरेर पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको थियो । पछिल्लो समय भौतिक पूर्वाधार बिकास कार्यालय बैतडीका कार्यालय प्रमुख जंगबहादुर थापाले चैत्र मसान्तसम्म उक्त मोटर पूलको लोडटेस्टको काम सम्पन्न गर्ने प्रतिबद्धता गर्नुभएको थियो । अब सार्बजनिक यातायात सेवामा बाह्रै महिना नौगाडाबासीको पहुँच पुगेको गाउँपालिका अध्यक्ष धामीको भनाइ छ ।

तस्बिर : नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?