परराष्ट्रमन्त्रीमा एनपी साउद, भोलि शपथ

दार्चुला । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनी साउद परराष्ट्रमन्त्री बन्नुहुने भएको छ । उहाँले भोलि शपथ लिने तय भएको बताइएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन ।

स्रोतका अनुसार उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्नुहुने भएको छ । उहाँको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?