दार्चुला भित्रियो पाठ्यपुस्तक, विद्यार्थीको हातमा पुग्न बाँकी

दार्चुला । शैक्षिक शत्र शुरु भएसंगै दार्चुलामा पाठ्यपुस्तक आइपुगेको छ । यसअघि नै स्थानीय तहहरुले पाठ्यपुस्तक खरिदका लागि विद्यालयहरुको खातामा रकम निकासा गरिसकेका थिए । विद्यालयहरुले बिक्रेता (स्टेशनरी) छनोट गरेर विद्यार्थी संख्या अनुसार आवश्यक पाठ्यपुस्तक समयमै मगाएका हुन् ।

दार्चुलामा आधारभुत र माद्यमिक तहमा गरी झण्डै २३ हजार विद्यार्थी अद्ययनरत रहेका छन् । भर्ना सप्ताहभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने गरी समन्वय भइरहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो । ५ गते पाठ्यपुस्तक दिवस मनाइन्छ, उहाँले भन्नुभयो, भर्ना सप्ताह पनि एक हप्ता मात्रै बनाउने भन्नेछ । विद्यार्थी भर्नासंगै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगिसक्छ ।

जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीबाट जिल्लाका स्टेशनरीहरुले केही विषय बाहेक विद्यार्थीको माग बमोजिमका अधिकासं पुस्तक ल्याइसकेका छन् । सुदूरपश्चिमको दार्चुला, बझांग, बाजुरा लगायत विकट जिल्लाहरुलाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको जनक शिक्षा सामग्री केन्द्र धनगढीका प्रमुख धुब्रराज पन्तले जानकारी दिनुभयो । माग भएको अधिकासं पुस्तक जिल्लामा पुगिसकेको साउद पुस्तक भण्डार गोकुलेश्वरका सञ्चालक नरबहादुर साउँदले जानकारी दिनुभयो । शैल्यशिखर, गोकुलेश्वर लगायत स्थानीय तहको पाठ्यपुस्तक आफुले ल्याइसकेको उहाँले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार दार्चुलाका नौँ वटै स्थानीय तहका पुस्तक बिक्रेताहरुले धनगढीबाट पाठ्यपुस्तक दार्चुला पुर्याइसकेका छन् ।

विद्यालयहरुमा मात्रै पाठ्यपुस्तक पुर्याउन बाँकी रहेकोले अबको एक हप्ताभित्रै विद्याद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसक्ने शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो । आइतबार सबै स्थानीय तहबाट जानकारी मागेर विवरण केन्द्रीय निर्देशनालयमा पठाइसक्ने उहाँको भनाई छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?