दोगडाकेदार कालागाउँका एक युवकको घरनजिकै हत्या

दार्चुला । बैतडीको दाेगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका एक युवककाे हत्या भएकाे छ। अन्दाजी ३७ वर्षीय वाशुदेव जाेशीकाे हत्या गरिएकाे अवस्थामा शव फेला परेकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिनुभयाे ।

शनिबार बेलुका ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा वाशुदेवकाे शव फेला परेकाे प्रहरीले जनाएको छ । उनकाे धारिलाे हतियार प्रहार गरि हत्या गरिएको बताइएको छ ।

वाशुदेवकाे कसले र किन हत्या गरे खुल्न बाँकी रहेको र घटनाबारे स्थलगत अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?