अपीहिमालको आबि चौबिसनमा पुस्तक वितरणसंगै आहा नमुना डिजिटल कक्षा उद्घाटन

दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिकास्थित आबि चौबिसनमा आहा नमुना डिजिटल कक्षा उद्घाटन गरिएको छ । पुस्तक दिवसको दिन मंगलबार (आज) अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा रहेको तामाखानी आबि चौबिसनमा आहा नमुना डिजिटल कक्षा उद्घाटन गरिएको हो ।

आबि चौबिसनमा पुस्तक वितरणका साथै आहा नमुना डिजिटल कक्षा उद्घाटन गरिएको अपिहिमाल गाउँपालिका शिक्षा शाखा उपप्रमुख मदन राज जोशीले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र सिंह अट्टयालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको प्रमुख आतिथ्यता, उपाध्यक्ष देबकी देबी बोहरा, गाउँपालिका प्रवक्ता एबं वडाअध्यक्ष रबिन्द्र सिंह बोहरा र अपिहिमाल गाउँपालिका शिक्षा शाखा उपप्रमुख मदन राज जोशीको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?