दार्चुला । दार्चुलामा लागुऔषध चरेश सहित एक जना पुरूष पक्राउ परेका छन् । मंगलबार (आज) दिउँसो १ बजेको समयमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुबाट पैदल हिडी दार्चुला सदरमुकामतर्फ आईरहेका बझाङको बुङ्गल नगरपालिका वडा नं. ७ कफलसेरी बस्ने वर्ष १९ का गगन बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुला मातहत प्रहरी चौकी धाप दार्चुलाको चेकपोष्ट नजिक शंका लागी चेकजाँच गर्ने क्रममा बोहराले साथमा बोकेको झोलामा २ किलो ८ सय ग्राम लागु औषध जस्तो देखिने कालो पदार्थ (चरेस) फेला पारी उनलाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया