दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले छात्रावास निर्माणका लागि बजेट विनियोजन गरिदिन र जिल्ला सदरमुकाममा रिक्त रहेका सरकारी कार्यालय क्याम्पसलाई उपलब्ध गराउन माग गरेको छ ।
जिल्ला भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि दार्चुला सदरमुकाम खलंगा आइपुगेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई शनिबार स्ववियुको तर्फबाट ज्ञापनपत्र बुझाउदै छात्रावास निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरिदिन र पठनपाठनका लागि जिल्ला सदरमुकाममा रिक्त रहेका सरकारी कार्यालय क्याम्पसलाई उपलब्ध गराउन पहल गरिदिन माग गरिएको दार्चुला बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण धामीले जानकारी दिनुभयो ।
स्ववियुले बुझाएको मागपत्र हेर्नुहोस:
सर्वप्रथम नया वर्ष २०८० सालको शुभकामना सहति हाम्रो दार्चला जस्तो विगट जिल्ला अबलोकन, उद्घाटन, छलफल तथा अन्तरक्रिया गर्न आउनु भएकोमा दार्चुला बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन हार्दिक स्वागत गर्दछ। दार्चुला जस्तो भौगोलक विकट क्षेत्रमा सस्तो, सुलभ र गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यले दार्चुलाका सम्पुर्ण राजनितिक दल शिक्षाप्रेमी, बुद्धिजिवि लगायत दार्चुला बासिको पहलमा २०५९ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापना भई वि.स २०७४ सालमा सुदूरपश्चिम विश्वविद्यालयको आगिक क्याम्पसको स्थापना भएसंगै यस दार्चुला बहुमुखी क्याम्पसमा हालसम्म करिव ५,००० (पाँच हजार विद्यार्थीहरु भर्ना भई २००० (दुई हजार भन्दा बढी जनशक्ति उत्पादन गरिसकेको छ । यस क्याम्पसमा हाल बिए, बिबिएस, बिएड, एमएड, एमए (BA, BBS, BED, M.ED,MA) का कार्यक्रमहरु जिल्लाको ९ वटै स्थानीय तहहरु लगाएत छिमेकि जिल्लामा कार्यरत कर्मचारी समेत गरि जम्मा ६६३ जना विद्यार्थीहरु अध्ययन गरिरहेको व्यहोरा अवगत गराउदछौं । दार्चुलाका विद्यार्थीहरु शिक्षाको विकास सन्दर्भमा राज्यबाट टाढा भइरहको अनुभूति गरिरहेको बेला जिल्लाका विभिन्न विकट ठाउँहरुबाट विद्यार्थीहरुले सदरमुकाममा चर्को भाडा र दैनिक उपभोग्य वस्तुहरु प्रयोग गर्दा धेरै मर्का पर्न गएको समेत अवगत गराउदछौं । क्याम्पसमा हाल करिब ८० प्रतिशत छात्राहरु अध्ययन गरिरहेकाले पहिलो चरणमा छात्राहरुका लागि कम्तिमा १५० जना अटाउने क्षमताको छात्रावास निर्माण गर्न प्रदेश सरकारवाट उक्त छात्रवासका लागि आवश्यक बजेट यथासिघ्र विनियोजन गरि दार्चुला जिल्लाका विकट ठाउंबाट आएका विद्यार्थीहरुका लागि सहजता गरिदिन हुन जोडदार माग गर्दै जिल्ला स्थित सरकारी कार्यालयहरुका रिक्त भवनहरू क्याम्पसलाई उपलब्ध गराउन पहल कदमिका लागि समेत हार्दिक अपिल गर्दछौं । धन्यवाद ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया