लेकम गाउँपालिकामा आइटी स्रोत शिक्षकहरुका लागि तीन दिने आधारभुत तालिम सम्पन्न

 

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा आइटी स्रोत शिक्षकहरुका लागि तीन दिने आधारभुत तालिम सम्पन्न भएको छ । वैशाख २६ गते मंगलबारदेखि सुरु भएको तालिम हिजो  सम्पन्न भएको हो । लेकम गाउँपालिकाभित्रका १० वटा माद्यमिक र ८ वटा आधारभुत गरी १८ विद्यालयका आइटी स्रोत शिक्षकको सहभागिता रहेको उक्त तालिमको प्रशिक्षण महाकाली नगरपालिकाका स्रोत व्यक्ति मानसिंह धामी र लेकम गाउँपालिका रोजगार संयोजक राधापल्लब जोशीले गर्नुभएको थियो ।

विद्यालयको तथ्यांक अनलाइन प्रबिष्ट गर्न समेत समस्या भइरहेकोले शिक्षकहरुलाई दक्ष बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशवराज ओझाले जानकारी दिनुभयो । शिक्षा अधिकृत केशवराज ओझाको अध्यक्षतामा आयोजित तालिम समापन समारोहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त भट्टको प्रमुख आतिथ्यता रहेको थियो । लेकम गाउँपालिका वडा नम्बर ५ र २ नम्बर वडाका वडाअध्यक्षहरुको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायतको आतिथ्यता रहेको थियो । तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्न प्रशिक्षार्थी शिक्षकहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?