महाकालीमा एक पुरूषको शव फेला, परिचय खुल्न बाकी

दार्चुला । दार्चुलामा एक पुरूषको वेवारिसे शव फेला परेको छ । वैशाख ३० गते आज विहान साढे आठ बजेको समयमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ नम्सिकार स्थित महाकाली नदीको बिच भागमा ढुङ्गामा अड्किएको अवस्थामा एक पुरूषको शव फेला परेको हो ।

नामथर, वतन र उमेर समेत नखुलेका अन्दाजी बर्ष ३०/३५ को पुरुष ब्यक्तिको शव (लाश) महाकालीमा रहेको भनि जानकारी प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोली खटिएर उक्त शव महाकाली नदीबाट निकाली लाशजाँच मुचुल्का सहितको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी जिल्ला अस्पताल दार्चुलाको लास घरमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सो लास हाल सम्म सनाखत हुन नआएको र मृतकको ट्रयाकको खल्तीमा Anjani Tour & Travels (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन,दिल्ली ) लेखेको भिजिटिङ कार्ड फेला परेको बताइएको छ ।

थप जाकारीको लागि यस जिल्ला प्रहरी कार्यालयको मोबाईल नम्बर ९८५८७८३५५५ मा सम्पर्क गर्न सरोकारवालाहरूलाई प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?