दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ । शनिबार विहान मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ चस्कोट बस्ने अन्दाजी ४० वर्षीय जयराम लुहारको घरनजिकैको भिरबाट लडेर ज्यान गएको हो ।
घटनाको अनुसन्धानका लागि मालिकार्जुन प्रहरी चौकी र गोकुलेश्वर इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । शवको पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
यसैबिच शनिबार (आजै) बिहान साढे ८ बजेको समयमा महाकाली नगरपालिका–५ नमस्कारस्थित महाकाली नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेकोमा अहिलेसम्म परिचय खुल्न सकेको छैन् । नामथर, वतन र उमेर समेत नखुलेका अन्दाजी ३०/३५ वर्षको पुरुषको शव महाकालीमा फेला परेको जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले शव महाकाली नदीबाट निकाली शवको मुचुल्कासहितको प्रारम्भिक अनुसन्धान कार्य गरेपछि ती पुरुषको शव जिल्ला अस्पताल दार्चुलाको शव गृहमा राखिएको उहाँले बताउनुभयो ।
मृतकको ट्र्याकको खल्तीमा अन्जनी टुर एण्ड ट्राभल्स (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरिद्वार, देहरादुन, दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको छ । थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालयको मोबाइल नम्बर ९८५८७८३५५५ मा सम्पर्क गर्न सरोकारवालालाई प्रहरीले अनुरोध गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया