दार्चुला । शनिवार विहान महाकाली नगरपालिका–५ नमस्कार स्थित महाकाली नदीको बिच भागमा ढुंगामा अड्किएको अवस्थामा मृत फेला परेका पुरुषको शव आफन्तले बुझेका छन् । शनिबार वेवारिसे अवस्थामा फेला परेको शवको आइतबार पहिचान खुलेसंगै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत फेला परेका पुरुष भारतको पिथौरागढ जिल्ला चौदासका ३६ वर्षीय रामलाल बर्मा हुन् । उनका आफन्तले शव बुझेर भारत लगेको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया