दार्चुला । दार्चुलामा आइतबार दिउँसो ३ बजेतिर आएको हावाहुरीले विद्यालय र घरहरुको छाना उडाएको छ । जिल्लाको नौगाड गाउँपालिका–५ मा अवस्थित मालिकार्जुन आबि भिडको दुई कोठे शौचालयको छानो उडाएको विद्यालयका प्रद्यानाध्यापक केशबसिंह धामीले जानकारी दिनुभयो ।
नौगाड गाउँपालिका–५ रुडखेत टोलका मानसिंह धामीको घर र बिरबहादुर धामीको घर (खर्क) पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यस्तै नरसिंह धामीको आधा घरमा क्षति पुगेको स्थानीय श्यामसिंह धामीले बताउनुभयो । यस्तै सोही वडाको घटखोलाका बिक्रम ठगुन्नाको घरको छानो उडाएको स्थानीय रन्जित ठगुन्नाले बताउनुभयो ।
चट्याङ लागेर तीन जना घाइते
दार्चुलाको व्याँस गाउँपालिका–सूचना अधिकारी प्रहरी२ हुम्दुम्तीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । दुहुँबाट यार्सागुम्बा संकलनका लागि व्याँस गएका तीन जना चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । शनिबार राती ८ बजे परेको चट्याङ लागेर दुहुँ गाउँपालिका–१ बचपाली बस्ने ३७ वर्षीय आनसिंह महरा, उहाँकी श्रीमती ३० वर्षीया मनमती महरा र दुहुँ गाउँपालिकाकै हिकिला बस्ने महेश बडाल चट्याङ लागेर घाइते भएको उहाँले बताउनुभयो।
चट्याङ लागेर तीन जना घाइते भएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको र अहिलेसम्म स्थलगत रिपोर्ट प्राप्त भइनसकेको सूचना अधिकारी सिंहले बताउनुभयो । घाइते तीनै जना यार्सागुम्बा संकलनका लागि गएको बताइएको छ । घटनाबारे थल विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
महाकालीमा भेटिएका पुरुषको शव आफन्तले बुझे
शनिवार महाकाली नगरपालिका–५ नमस्कार स्थित महाकाली नदीको बिच भागमा ढुंगामा अड्किएको अवस्थामा मृत फेला परेका पुरुषको शव आफन्तले बुझेका छन् । शनिबार वेवारिसे अवस्थामा फेला परेको शवको आइतबार पहिचान खुलेसंगै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत फेला परेका पुरुष भारतको पिथौरागढ जिल्ला चौदासका ३६ वर्षीय रामलाल बर्मा हुन् । उनका आफन्तले शव बुझेर भारत लगेको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया