बैतडीको दोगडाकेदारबाट एक सुत्केरी महिलाको हवाई उद्धार

दार्चुला । बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो

हिजो राति  शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएका कारण आज हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको उनले बताउनुभयो।

दमयन्तीलाई बैतडीमै ६ युनिट रगत चढाएको र थप उपचारका लागि अन्यत्र रेफर गर्नुपरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिहँ डोबालले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दमयन्तीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । समस्यामा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगर्त हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको जिल्ला प्रशाशन कार्यालय बैतडिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?