ताप्लेजुङ–दार्चुला बाइक यात्रा गर्दै युवा पत्रकार र कलाकारको टोली

दार्चुला । एनटिपी मल्टिमिडिया ग्रुपले ताप्लेजुङ–दार्चुला बाइक यात्रा गर्ने भएको छ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि युवा पत्रकार तथा कलाकारको टोली जेठ १० गतेदेखि २५ गतेसम्म बाइक टुर गर्ने भएका हुन्।

नेपाल टुरिजम प्रोमोसन टुर (ताप्लेजुङ–दार्चुला) का संयोजक विष्णु विवेकले एनटिपी मल्टिमिडिया ग्रुपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरूको थप प्रचार(प्रसार र पर्यटन प्रवर्द्धनका लागि सामूहिक प्रयास स्वरूप ताप्लेजुङ–दार्चुला बाइक टुर गर्न लागेको बताउनुभयो।

पाँच वटा बाइकमा १० जनाको टिमले गर्ने टुरको लागि नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई)सँग सहकार्य गरिएको छु उहाँले भन्नुभयो।

जेठ १० गतेदेखि सुरू हुने टुरअन्तर्गत काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुग्ने र ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापा पुग्ने योजना रहेको उहाँले बताउनुभयो।

झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेल्धुरा भएर दार्चुला पुग्ने योजना ग्रुपको रहेको छ।

यस्तै, दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर डोटी, अछाम, कालीकोट, दैलेख भएर सुर्खेत सदरमुकाम वीरेन्द्रनगर झर्ने योजना ग्रुपको रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?