रेशम चौधरीको कैद माफीको निवेदन गृह मन्त्रालयमा फिर्ता

दार्चुला । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद मिनाहा गर्ने निवेदन राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम माफी दिनका लागि गृहले राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले ‘प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम गर्नू’ भनेर निवेदन शुक्रबार गृह मन्त्रालयमा फिर्ता पठाइएको बताउनुभयो। ​

पोखरेलले पीडितको तर्फबाट परेको निवेदन पनि कानूनबमोजिम गर्नु भनेर गृहमा फिर्ता गरिएको बताउनुभयो।

गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि त्यहाँबाट कैद माफीका लागि राष्ट्रपतिसमक्ष फेरि सिफारिस गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?