दार्चुलाबाट निर्वाचित धामी कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतक नियुक्त

दार्चुला । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विक्रमसिंह धामी नियुक्त हुनुभएको छ। शुक्रबार कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले धामीलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो।

‘नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्ति गरेको छु,’ कांग्रेस संसदीय दलका नेता शाहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

धामी दार्चुला प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सदस्य  हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?