आज गणतन्त्र दिवस

दार्चुला । १६ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आरम्भ घोषणा भएको थियो। जनआन्दोलन ०६२/ ६३  को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ।

दिवसको अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह सोमबार बिहान विशेष समारोह आयोजना हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुने कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखलगायत संवैधानिक निकायका पदाधिकारी तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायत सहभागी हुनेछन्।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइन्छ। यो दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनको रूपमा मनाइने गरिएको छ।

राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही कदम चालेपछि संसद्‌वादी दल र माओवादीबीच कार्यगत एकता भयो। ​फलस्वरूप २०६२ मङ्सिरमा संसद्‌वादी दल र माओवादीबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्र स्थापना निम्ति आन्दोलन शुरू भयो।

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए। यही आन्दोलन गणतन्त्र स्थापनाको जगको रूपमा स्थापित भयो।

गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?