राष्ट्रपतिबाट आम माफी पाएका रेशम चौधरी रिहा

दार्चुला। राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशमलाल चौधरीको रिहा भएका छन्। डिल्लीबजार कारागारबाट उनी सोमबार बिहान छुटेका हुन्। उनलाई लिन समर्थक र आफन्त फुलमालाका साथ कारागार पुगेका थिए।

टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आम माफी दिएपछि उनी रिहा भएका हुन्।

राष्ट्रपतिले थप ४ सय ८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गरेका छन्। टीकापुर घटनामा भने रेशमलाई मात्रै माफी दिइएको छ। टीकापुर घटनामा दोषी ठहर भएका रेशमसहित ५ जना हाल कारागारमा छन्। रेशम काठमाडौंमा छन् भने प्रदीप चौधरी, हरिनारायण चौधरी र वीरबहादुर चौधरी कैलालीमा कारागारमा र नाबालक श्रवण चौधरी पोखरा सुधार गृहमा छन्।

२९ जना अझै फरार छन्। आम माफी पाउने १९ जनामा विभिन्न कारागारमा रहेका रेशमलाल चौधरी, टोपबहादुर बुढा, दुन्नी चिडिमार, शम्भु सिवाकोटी, जगन्नाथ ढकाल, विक्रम विष्ट (विज्ञान), राम कैलाश राय, विजय मल्ल, प्रमोदप्रसाद चौहान, अञ्जनी राजधामी, महेन्द्र महतो कोइरी, अम्मरबहादुर डाँगी, रामचन्द्र साह कानु, रामेश्वरप्रसाद साह कानु, जागेश्वर सिंह राजपुत, मुनिलाल साह कानु, हरिनारायण पन्थ, दिनानाथ महतो कोइरी र ब्रहमदेव महतो कोइरी छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?