सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

दार्चुला । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । औषधिको प्रयोजनका लागि लागि सरकारले गाँजा खेतीको अध्ययन गर्ने भएको हो ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले औषधिको प्रयोजनका लागि गाँँजा खेतीको अध्ययन गरिने बताउनुभयो ।

सरकारले किसानका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री महतले कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन यो कार्यक्रम ल्याइएको बताउनु भयो । उहाँले उत्पादन साथमा, अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?