दार्चुला । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार दार्चुलाबाट तीन जना कैदीबन्दी रिहा भएका छन् । बहूविवाह र सवारी ज्यान मुद्धाका तीन जनाको बाँकी कैद मिनाहा भएपछि रिहा गरिएको जिल्ला कारागार दार्चुलाका जेलर रामराज पन्तले जानकारी दिनुभयो ।
बहूविवाह मुद्दाका दुहुँ गाउँपालिका वडा नम्बर १ का सुनिल बम, भागरथी चन्द र सवारी ज्यान मुद्दाका धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलालीका राहुल चौधरी रिहा भएको उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका अवसरमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गर्ने निर्णयसहित राष्ट्रपतिलाई सिफारिस गरेपछि राष्ट्रपतिबाट दार्चुलाका तीन जनाको कैद भुक्तान गर्न बाकी समय मिनाहा गरिएको हो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया