दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल त्रिभुवन विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा करिब एक सयभन्दा बढी सहभागी छन्।
तेस्रोपटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री दाहाल चार दिनका लागि भारत भ्रमणमा गएका हुन्।
भ्रमणमा विद्युत्, व्यापार, भौतिक पूर्वाधार तथा पारवाहनलगायत विषयमा सम्झौता हुने परराष्ट्र मन्त्री नारायणप्रकाश एनपी साउदले बताउनुभयो। विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने र नेपालमा उत्पादित विद्युत्को बिक्रीको सुनिश्चितता गर्न पनि सरकारले भारत भ्रमणलाई महत्त्वका साथ लिएको उहाँको भनाइ छ।
प्रसारणलाइन विस्तार र भारत हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने आधार बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया