चर्मण्यावती छेउमा नेपाल–भारत साहित्य सम्मेलन सम्पन्न, ११ बुँदे घोषणापत्र जारी (फोटोफिचर)

दार्चुला । चर्मण्यावतीको छेउमा नेपाल–भारत साहित्य सम्मेलन सम्पन्न भएको छ। बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्य गोष्ठी सोमवार र मंगलवार सञ्चालन गरिएको थियो। स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले डिलाशैनीमा कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल र भारतका कवि तथा साहित्यकारहरुले मानसखण्ड क्षेत्रको लोक संस्कृति जगेर्ना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताएका छन्। भारतका साहित्यकार तथा नसामुक्त अभियानका अभियान्ता डा. पिताम्बर अवस्थीले यस क्षेत्रका पुराना कुवा, पँधेरा एवं पहिरनहरुको संरक्षण गर्नुपर्ने बताउनुभयो। पछिल्लो समय युवाहरुमा देखिएको लागुऔषध दुव्र्यसनीलाई नियन्त्रण गरि सक्षम एवं साँस्कारिक युवा बनाउन आवश्यक भएको उहाँको भनाई छ।

मंगलवार डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियान्ना हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित ११ बुँदे घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको हो। घोषणापत्रमा चर्मण्यावती नदी तटीय क्षेत्रको संरक्षण तथा विकासका लागि यस क्षेत्रका पालिकाहरुको संयुक्त प्रयासबाट चर्मण्यावती तटीय क्षेत्र विकस समिति गठनको पहल गर्ने र प्रदेश स्तरीय विकास समिति गठन माग गर्ने, जेठ शुक्ल दशमी गंगा दशहराका दिन चर्मण्यावती दिवस मनाउने तथा भाषा, साहित्य, कला, संस्कृति, मानवशास्त्र, इतिहासको क्षेत्रमा कार्य गर्न स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने तथा स्मारिका प्रकाशन गर्ने घोषणपत्रमा उल्लेख छ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकास जोशीले चर्मण्यावती (चमेलीया नदी) सभ्याताको अध्ययन एवं प्रचारप्रसारका लागि भुमिका खेल्ने बताउनुभयो । उहाँले नदी किनाराका अन्य स्थानीयतहहरुसंग पनि यसबारे छलफल गर्ने धारणा राख्नुभयो । कार्यक्रमको उद्घाटन सत्रमा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री एबं प्रदेशसभा सदस्य राजेन्द्र रावल लगायतको आतिथ्यता रहेको थियो ।

सायद ७ जना मानिसहरू को फोटो हुनसक्छ

सायद ७ जना मानिसहरू, जिप, बाटो  र पाठ को फोटो हुनसक्छ

सायद १५ जना मानिसहरू, मुस्कुराइरहेका मानिसहरू  र पाठ को फोटो हुनसक्छ

सायद ७ जना मानिसहरू, बाँसुरी  र 'नेपाल नेपाल-भारत भारत कात्य गोष्ठी 3 प्रवर्धक सहयोगी माडया सहयाती आपोजक उवाहि' भन्ने पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?